Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ०४, २०८१
Friday, July 19, 2024

काठमाडौं – धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका-१ निगालेको एक घरभित्र बिहीबार बिहान तीन जना मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनकाअनुसार निगालेमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरूको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको हो ।

अत्यधिक मादक पदार्थ सेवन गर्ने टीकारामले घरायसी विवादमा मध्यराति पत्नी र छोराको हत्या गरेर आत्महत्या गरेको हुननसक्ने आशंका छिमेकीले गरेका छन् । छोरी र छिमेकीका अनुसार श्रीमान्–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो ।

उनीहरूकी ६ वर्षीया छोरी सकुशल छिन् । प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान् टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । मृत्युको कारण खुलेको छैन ।

प्रहरीले मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । ‘घाउचोट देखिएको छैन, मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि थाहा होला,’ महर्जनले भने ।

तपाईको प्रतिक्रिया