Deneme Bonusu Veren Siteler
आइतबार, आषाढ ३०, २०८१
Sunday, July 14, 2024

काठमाडौं – ट्राफिक प्रहरीले यतिबेला उपत्यकाको जनजीवन सामान्य रहेको जनाएको छ । सडकमा अघिल्ला दिनहरूमा जस्तै गाडी चलिरहेका छन् । बिहानै खुल्ने स्कुल, कलेजमा पढाइ भइरहेको छ, यद्यपि केही निजी विद्यालयहरूमा बिदा दिइएको छ ।

काठमाडौँ छिर्ने नाका र मुख्य सडकमा भने सुरक्षा जाँच भइरहेको छ । राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै सुरक्षा व्यवस्था कडा बनाइएको हो । दुवै पक्षको जुलुस १० बजेपछि सुरु गर्ने तयारी छ ।

जुलुस सुरु भइसकेपछि पनि गाडीको आवतजावत र दैनिक कामधन्दामा असर नपर्नेगरी आवश्यक व्यवस्था मिलाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयले यसअघि नै छुट्टाछुट्टै ठाउँ तोकिदिएको छ । यसअनुसार युवासंघले तीनकुनेमा र प्रसाईँ समूहले बल्खुमा प्रदर्शन गर्न लागेका छन् । दुवै समूहको प्रदर्शनलाई चक्रपथभित्र पस्न नदिने प्रशासनको योजना छ ।

दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको पनि प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । उनकाअनुसार प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि गरेमा कानुनअनुसार कारबाही हुनेछ । आजको प्रदर्शनका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै शान्ति सुरक्षाको सबै व्यवस्था मिलाइएको पनि उनको भनाई छ ।

तपाईको प्रतिक्रिया