Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – धनुषाका विजयकुमार महतो आइतबार साउदी अरेबिया जान भनेर काठमाडौं आइपुगे । सोमबार बिहान १० बजेको टिकट थियो उनको । गाउँमै ११ वर्ष मोटरसाइकल वर्कसप सञ्चालन गरेका उनी अन्ततः साउदी जाने निष्कर्षमा पुगेका हुन् ।

स्वदेशको आम्दानीले बिहान बेलुकाका छाकटार्न मुस्किल हुन थालेपछि उनी बाध्यताले विदेशको बाटो रोजेको दुखेसो गर्छन् । ‘नेपालमै राम्रो कमाइ हुने भए किन विदेश जान्थें र ? आफ्नो जमिनबाट हुने उब्जनीले वर्षभर खान पुग्दैन । वर्कसप गर्दासमेत केही भएन । एकातिर हातमुख जोड्नुपर्छ, छोराछोरी पढाउनुछ,’ उनी भन्छन् ।

सल्यानको बागचौर नगरपालिकाअन्तर्गतको थारमारे बजारमा राप्ती मनी ट्रान्सफर चलाइरहेका एकराज बस्नेत असोज ५ गते रोमानिया उडे । आठ वर्षदेखि मनी ट्रान्सफर चलाइरहेका बस्नेतले त्यसअघि दाङको एक मनी ट्रान्सफरमा तीन वर्ष काम गरेका थिए ।

उनकाअनुसार पछिल्लो एक वर्षदेखि व्यवसाय आधाले घटेको छ । ‘घरेलु रेमिट्यान्स राष्ट्र बैंकको नीतिका कारण ठप्प भयो, विदेश उड्नुअघि उनले भने, ‘विदेशमा भएकाले पनि आफ्नै खातामा पैसा जम्मा गर्न थाले। व्यापार दिनहुँ ओरालो लागेपछि विदेशको विकल्प देखिनँ ।’

सबैले व्यापार ठप्प छ भनेपछि अर्को व्यवसायमा हात हाल्ने आँट नगरी उनी पाँच जना साथीहरूसँगै विदेश उडेका हुन् ।कैलालीको धनगढीमा दाङको तुलसीपुरमा फेन्सी पसल चलाइरहेकी दीपा महराले पनि जापान जाने प्रक्रिया अगाडि बढाएकी छन् । उनले ६ वर्षदेखि चलाइरहेका फेन्सी पसल बेचिसकिन् । कोरोना महामारी आउनुअघि उनको व्यापारमा भ्याइनभ्याइ हुन्थ्यो । उनी भन्छिन्, ‘खोइ किन हो अहिले त व्यापार घटेर टिकाउनै धौधौ भइसक्यो ।’

भदौ २० गते राससले जनकपुर उपमहानगरभित्रका एक सय पसल बन्द भएको समाचार लेखेको थियो । समाचारमा उल्लेख गरिएको व्यवसायीको भनाइमा दैनिक उपभोग्य सामग्रीको व्यापारसमेत ३० प्रतिशतभन्दा बढीले घटेको छ ।

पलायन भएका/भइरहेका र व्यापार गरिरहेकाहरूको भनाइ सरकारी तथ्यांकसँग ठ्याक्कै मेल खान्छ । फलतः महान् पर्व दसैँमा पनि बिदेसिने युवाको संख्या घटेन । चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा बिदेसिनेको संख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुष्टि गरेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर बिदेसिए, भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए र असोजमा ५६ हजार २३५ जना श्रम गरेर बिदेसिएका छन् । देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर चाडपर्व मनाउने बेलामा रोजगारीको खोजीमा दसैँको मुखमा बिदेसिन धेरै युवा बाध्य छन् । स्वदेशमा रोजगारीका अवसर नपाएपछि सबै छोडेर युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् । विदेशबाट आएको भिसाले नेपालका चाडपर्व चिन्दैन । ढिला गरे भिसाको समय सकिने डरका कारण युवा चाडपर्वको खुसी नै छोडेर विदेश गइरहेका छन् ।

चालु आवको असोजमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने युवाको संख्या ५६ हजार २३५ पुगेको छ । गत वर्षको असोजमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ६२ हजार ७०६ थियो ।

तपाईको प्रतिक्रिया