Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् । सरकारी लिखतहरूमा नेपाल संवत्‌ समेत उल्लेख गर्ने सरकारको निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा उनले प्रतिगामीकाे सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘आजको परिवर्तन साना दुखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन् । लाखौं जनताले संघर्ष गरेका छन् । यो व्यवस्था कसैले उल्ट्याउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन ।’

प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक संवत् भएकोसमेत बताए । उनले भने, ‘हामीले विक्रम संवतको प्रयोग गरिरहेका छौं । कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ । तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो । यसलाई राष्ट्रिय संवतका रूपमा विकसित तुल्याउनुपर्दछ ।’

‘एकथरी मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गर्दैछन् । उनीहरूको संस्कार के हो, लोकतन्त्र कस्तो थियो भन्ने कुरा हामीले राम्रोसँग देखिसकेका छौं । लुटको स्वर्ग गुमेको छटपटी उनीहरूको होला । तर, व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे हामी थप कठोर हुन बाध्य हुनेछौं’ प्रधानमन्त्रीले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ, कांग्रेसका नेता भीमसेनदास प्रधान, नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया