Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एपिवान टेलिभिजनले दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रसारण रोकेको छ । ‘ब्राभो डेल्टा शो’ नामक कार्यक्रमका लागि भुषण दाहालले लिएको प्रसाईंसँगको अन्तर्वार्ता अन्तिम समयमा प्रसारण रोकिएको हो ।

बुधबार सामाजिक सञ्जालमा जानकारी गराउँदै सञ्चारकर्मी दाहालले आफूले लिएको व्यवसायी दुर्गा प्रसाईँको अन्तर्वार्ता टेलिभिजन व्यवस्थापनले सुन्दै नसुनी प्रसारण गर्न नदिएको आरोप लगाए । दाहालले भनेका छन्, ‘वाह! लोकतन्त्र। ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपिवान एचडीबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।’

कार्यक्रम आज बेलुका ९ बजे प्रसारण हुने तालिका थियो। आज दिउँसो दाहालले ट्विटरमा अन्तर्वार्ताको क्लिप सार्वजनिक गरेका थिए, जसमा प्रसाईंले भनेका छन्-

यो देशमा अब राजा को हुन्छ मलाई थाहा छैन, यो देशमा अब को प्रधानमन्त्री हुन्छ मलाई थाहा छैन । तर यो देशको व्यवस्था अब परिवर्तन हुन्छ र विदेशमा रहेका ५० लाख युवा यो देशमा फर्किनुपर्छ । लघुवित्त, बैंकहरु, सहकारी राष्ट्रियकरण हुनुपर्छ । २० लाखभन्दा कम ऋण मिनाहा गरेर दिनैपिच्छे झुन्डिएर मर्ने, पेट्रोल खन्याएर आफैंलाई जलाउने बाटो बन्द हुनुपर्छ । विखण्डित भएको परिवार छ नि पढ्न नपाएर, पैसाको कारणले ? अब सधैंभरि परिवारले एकै ठाउँमा बसेर दसैंको टिको लाउनुपर्छ । डाइनिङ टेबुलमा बसुन् कि गोबरले लोटाएको ठाउँमा बसुन्, बाउआमासँग छोराछोरी बसेर एक छाक भए पनि भात खानुपर्छ। मेरो अभियान त्यो हो । मेरो विद्रोह त्यो हो ।

तपाईको प्रतिक्रिया