Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौं आएको बताएका छन् ।

बिहीबार काठमाडौंमा हुने प्रदर्शनअघि आज आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलन सफल नभएसम्म घर (झापा) नफर्किने बताए  ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको उनको जिकिर छ । उनले भने, ‘ओलीको कम्युनिस्ट सिद्धान्त गएको छ, अब कसरी मुख देखाउनुहुन्छ? हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ ? अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईंसँग अनुमति लिनुपर्छ ।’

युवा संघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको उनले आरोप लगाए । उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्य प्रसाशन मौन भएकोमा आपत्ति जनाए । ओली र बस्नेतलाई चेतावनी दिँदै उनले मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठूलो मूल्य चुकाउनुपर्ने बताए । ‘हाम्रो अभियान दबाउन धेरै लगानी गरेका छन् । हामीसँग पैसा नभए पनि धेरै मानिस छन् । कि जेल जान्छु कि मर्छु भनेर काठमाडौं आएको हुँ । आन्दोलन सफल नभएसम्म रोकिँदैन,’ उनले भने ।

गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको भन्दै एक्लो दुर्गा प्रसाईंसँग राज्य हल्लिएको टिप्पणी गरे । पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको उनले बताए । प्रसाईंले आफूहरुलाई जिस्क्याए काठमाडौंका मानिसले भात खान नपाउने गरी नाका ठप्प पारिदिने चेतावनी दिए । ‘आफ्ना समर्थकहरुको हुटिङ र होहल्लाका बीच प्रसाईंले भने,‘भोलिदेखि विद्रोहको बिरुवा रोपिन्छ । साम्यवाद कस्तो हुन्छ भन्ने म देखाइदिन्छु ।’

तपाईको प्रतिक्रिया