Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दुर्गा प्रसाईँको आह्वानमा मंसिर ७ गते काठमाडौँमा हुने प्रदर्शनमा भाग लिन आएका महिलाहरूको समूहलाई पार्टी प्यालेसबाट मध्यरातमा निकालिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित लोकन्‍थलीको इन्द्रसान पार्टी प्यालेसमा बसेका महिलाहरूलाई गएराती युवाहरूको समूह पुगेर बाहिर निकालिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा महिलाहरूलाई युवाहरूको समूहले त्यहाँबाट निकालेको देख्न सकिन्छ ।

युवाहरूको एक समूहले धम्कीपूर्ण शैलीमा महिलाहरूलाई मध्यरातमा पार्टी प्यालेसबाट बाहिर निस्किन भनेपछि महिलाहरूले लुगा लगाउन समय दिन आग्रह गरेको सुन्न सकिन्छ । सो घटनापछि प्रहरीले हस्तक्षेप गरेपछि महिलाहरूलाई सोही पार्टी प्यालेसमा राखिएको थियो । प्रहरीले महिलाहरूमाथि अभद्र व्यवहार गर्ने युवा समूहको खोजी गरिरहेको जनाएको छ ।

काठमाडौँमा मंसिर ७ गते युवा संघ र प्रसाईँ पक्षले कार्यक्रम गर्न लागेका छन् । दुवै समूहले माइतीघरमा कार्यक्रम गर्ने सम्भावना देखेपछि काठमाडौं प्रशासनले सो क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले नै युवा संघलाई तीनकुने र प्रसाईँ समूहलाई बल्खुमा कार्यक्रम गर्न ठाउँ दिएको छ ।

तपाईको प्रतिक्रिया