Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भैरहवामा हुन लागेको महोत्सवको प्रवेशद्वारमा हवाईजहाजको स्वरूप राखिएको छ । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन नारासहित भैरहवामा बुधबारदेखि छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव २०८० हुँदैछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि दबाब दिने उद्देश्यले महोत्सवको प्रवेशद्वारमा विमानको आकृति बनाएर राखिएको आयोजकले जनाएको छ । उनीहरूका अनुसार लुम्बिनीको आर्थिक विकासको आधार पर्यटन मान्दै अर्बौँ रुपियाँ लगानीमा विमानस्थल तयार भएर चल्न नसकेको, होटल व्यवसाय धराशयी भएका बेला सरकारलाई दबाब दिने गरी विमानको आकृति र स्थल बनाएर विरोध देखाउन खोजिएको हो ।

उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवाको अञ्चलपुरमा मंसिर ६ देखि १८ गतेसम्म महोत्सव हुनेछ । संगठनका अध्यक्ष दर्पण श्रेष्ठले भारतबाट कालिगढ ल्याएर करिब पाँच लाख रुपैयाँमा विमानस्थलको स्वरूप निर्माण गरिएको बताए । महोत्सवमा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने र सीमा क्षेत्रमा मेलाबाट स्वदेशी उत्पादनलाई प्रचारप्रसार गर्ने उद्देश्यसमेत मेलाले लिएको छ । मेला उद्घाटनअघि बुधबार बिहान जनचेतनामूलक र्‍याली निकालिनेछ। कार्यक्रम उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबाट हुनेछ ।

तीन लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा २५ करोड रुपैयाँको कारोबार हुने आयोजकको लक्ष्य छ । करिब एक करोड २० लाख खर्च हुने अनुमान रहेको महोत्सवमा ३५० स्टल राखिनेछन् । महोत्सवमा राष्ट्रिय, स्थानीय साथै भारतीय चर्चित भोजपुरी कलाकार पुनम पाण्डे, नेपालका उमेश पटेल लगायत कलाकारको प्रस्तुति रहनेछ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । अर्बौँ लगानीमा तयार भएको विमानस्थल सञ्चालन नहुँदा मुलुकले ठूलो घाटा व्यहोर्न लागेको भन्दै सञ्चालनका लागि दबाब दिइँदै आएको छ ।

तपाईको प्रतिक्रिया