Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इजरायलको मन्त्रिपरिषद्ले हमाससँग करिब ५० बन्धक रिहा गर्ने एक सहमतिलाई मन्जुरी दिएको छ । इजरायल र हमासबीच युद्ध विराम गराउन जारी प्रयासबीच बन्धक छुटाउन गरिएको यो पछिल्लो प्रयासले करिब ५० बन्धक छुट्ने भएका हुन् ।

हाल हमासले बन्धक बनाएका २३९ जना मध्ये यस सहमति पछि ५० जना छुट्ने जेरुसेलमा पोष्टले उल्लेख गरिएको छ । यस सहमति अनुसार करिब पाँच दिन युद्ध विराम हुनसक्ने बताइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यानेहूले आफूहरू युद्धमै रहेको र हमासको अन्त्य नभएसम्म युद्ध जारी रहने बताउँदै गाजाबाट इजरायललाई खतरा रहेसम्म युद्ध नरोकिने बताएका छन् ।

इजरायल र हमासबीचको यस सहमतिमा कतारले मध्यस्थ गरेको थियो । कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ जना बन्धक छाडेको थियो । पहिलो चरणमा तीन जना अमेरिकी नागरिकसहित बालबालिका र महिलाहरूलाई हमासले छाड्ने छ ।

गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।

तपाईको प्रतिक्रिया