Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024

काठमाडौं –  जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार थप दुई क्षेत्रमा निषेधाज्ञा जारी गर्‍यो । पछिल्लो समय गणतन्त्रविरोधी गतिविधिहरू बढेको देखिएपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै थप दुई क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

यसअघि माइतीघर क्षेत्रमा निषेधाज्ञा जारी गरेको काठमाडौं प्रशासनले राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ । राष्ट्रपति निवासको पूर्वतर्फ पवित्र वर्कशप, पश्चिमतर्फ सामाखुसी निस्कने नाला, उत्तरतर्फ राष्ट्रिय प्रहरी प्रतिष्ठानको दक्षिणी पूर्वी गेट र दक्षिणतर्फ प्रहरी अस्पताल जाने मोडसम्म निषेधाज्ञा जारी गरिएको छ भने प्रधानमन्त्री निवासका लागि पवित्र वर्कशप चोकदेखि बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण सय मिटरसम्म निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ । यी क्षेत्रमा आगामी ३० दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

उता जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि पुल्चोकस्थित मन्त्री क्वाटर र युएन कार्यालय आसपास निषेधाज्ञा जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै पुल्चोक क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञाको घोषणा गरेका हुन् । यसनुसार पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय किताबखाना, उत्तरतर्फ आन्तरिक राजश्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डलाई चार किल्ला आधार बनाएर निषेधित क्षेत्र तोकिएको हो ।निषेधाज्ञालाई लिएर पक्ष र विपक्षमा बहस सुरु भएको छ । एकथरीले सम्भावित मुठभेड रोक्न प्रशासनले गरेको निर्णय सही भएको बताएका छन् भने अर्काथरीले भने विरोध प्रदर्शन गर्न कसैले पनि नपाउने गरी भएको निषेधित क्षेत्र घोषणा संविधानविपरीत भएको बताएका छन् । केही समययता एकआपसमा आरोपप्रत्यारोप र आक्रमणमा उत्रिएका नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्षले मंसिर माइतीघरमै गर्न लागेको प्रदर्शनमा मुठभेड हुने सम्भावना देखेर निषेधित क्षेत्र घोषणा गरेको भनेर धेरैले समर्थन गरेका हुन् ।

तर काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ तथा प्रवक्ता रवीन्द्र आचार्यले भने यी दुई समूहको प्रदर्शन रोक्ने मात्र होइन यो ठाउँलाई निषेधित क्षेत्र तोक्नकै लागि सोमबार आदेश जारी गरिएको बताए । प्रसाईँ पक्ष र युवा संघको प्रदर्शनबाहेक आउँदा ३० दिनमा सुरक्षामा खलल पुग्ने गरी के घटना हुन लागेका हुन् ? यसबारे उनले स्पष्ट खुलाएनन् ।

प्रसाईंले बल्खु र युवासंघले तीनकुनेमा प्रदर्शन गर्न पाउने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं समूहले गर्ने प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिदिएको छ । दुर्गा प्रसाईं समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तीनकुने क्षेत्र तोकिदिएको थियो ।

युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टाछुट्टै घोषणा गरेका थिए । तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने भन्दै वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ । प्रदर्शनलाई लक्षित गरी प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रमा एक महिनासम्म प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिदिएको छ ।

तपाईको प्रतिक्रिया