Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अर्जेन्टिनाले ब्राजिलमाथि जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा खेलको ६३औँ मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ८१औँ मिनेटमा जोएलिनटनले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । ब्राजिल विश्वकप छनौटको इतिहासमा घरेलु मैदानमा पराजित भएको यो पहिलो पटक हो ।

यो जितपछि विश्वकप छनौटमा अर्जेन्टिनाको ६ खेलमा १५ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । ब्राजिलको भने विश्वकप छनौटमा यो तेस्रो हार हो । ६ खेलमा २ खेल जितेको ब्राजिलले एक बराबरी खेलेको छ र अंकतालिकामा छैटौँ स्थानमा झरेको छ ।

तपाईको प्रतिक्रिया