Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रमलाई लिएर देशको प्रमुख राजावादी शक्ति राप्रपामा दुई धार देखिएको छ । संस्थापन पक्षले प्रसाईंप्रति अविश्वास र संशय व्यक्त गरिरहँदा एकथरि नेताहरूले खुलेरै अभियानलाई समर्थन र ऐक्यबद्धता जनाएका हुन् ।

राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले एक विज्ञप्ति नै जारी गरेर प्रसाईंको भेलामा पार्टीको नैतिक समर्थन र सहयोग रहनुपर्ने बताए । ‘राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेण्डाअनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जनअभियानरजनप्रदर्शनरसंघर्षमा राप्रपाका कार्यकर्ताहरूको सहानुभूति र समर्थन स्वाभाविक हुन आउँछ,’ उनले भने, मंसिर ७, २०८० मा हुने भनिएको जनप्रदर्शन र जनसंघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनु हुँदैन भन्ने मेरो स्पष्ट धाराणा छ ।’

यता, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको विचार पनि डा. लोहनीसँग मिल्दोजुल्दो छ । उनले सामाजिक सञ्जालमार्फत प्रसाईंको अभियानप्रति समर्थन जनाए । ‘यस्तो समयमा पनि एउटा राजसंस्थावादीले अर्को राजसंस्थावादीलाई गाली गरिरहेको देख्छु सुन्छु । त्योभन्दा ठूलो विडम्बना के हुनसक्छ ? कसैको कारणले कसैको कार्यक्रम बिग्रिँदैन,’ मिश्रले लेखेका छन्, ‘हामी हाम्रो उद्देश्यमा पुग्न सबैको कार्यक्रम सफल हुनुपर्छ । पञ्चायत ढाल्न, गणतन्त्र ल्याउन/जोगाउन ‘कट्टर दुस्मन’हरू सहकार्य गर्न सक्ने, राजसंस्थावादीहरू नसक्ने ? अनि झन् त्यसमा पनि गाली गरेर बस्ने ? यस्तै पाराले लक्ष्यमा पुगिन्छ ?’

उनले अगाडि लेलेका छन्, ‘मै सबैभन्दा ठूलो राजसंस्थावादी, अरू त केही होइनन्, भनेर देखाउन खोजेको हो भने, भिन्दै कुरा । अन्यथा, विनाशकारी अग्रगमनको विशाल चट्टान फुटाउनु छ । आफैँआफैँ बाझेर आआफ्ना अहम् पूरा होला । तर, उद्देश्य प्राप्ति हुँदैन । त्यसैले सकिन्छ, सहकार्य गरौँ । सकिँदैन, सहयोग गरौँ । सहयोग पनि गर्न मन नलागे असहयोग नगरौँ । र, सार्वजनिक रूपमा एकले अर्कोलाई हियाउने र म चाहिँ असल, ऊ चाहिँ कमसल भन्ने काम नगरौँ ।’

राप्रपाले आधिकारिक रूपमा भने प्रसाईंको कार्यक्रमलाई लिएर कुनै आधिकारिक धारणा बनाएको छैन । अध्यक्ष लिङ्देनलगायत राप्रपा संस्थापन पक्ष प्रसाईंप्रति सकारात्मक देखिँदैन । राप्रपा प्रवक्ता मोहन श्रेष्ठ प्रसाईंको अभियानलाई लिएर पार्टीले कुनै संस्थागत निर्णय नलिएको बताउँछन् ।

उनी भन्छन्, ‘राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रका लागि निःस्वार्थ रूपमा गरिने कुनै पनि आन्दोलनप्रति पार्टीको नैतिक समर्थन र सदासयता रहन्छ । तर, किन्तु परन्तु गरेर जनतालाई लट्पटाउन खोज्नेहरूसँग हामी सतर्क छौँ । साथै राप्रपा र राप्रपा नेतृत्वलाई लान्छित गर्ने पात्र र प्रवृत्ति हामीलाई स्वीकार्य हुनेछैन । स्वार्थ प्रेरित अभियानहरूमा पार्टी जोडिदैँन ।’

प्रसाईंले बल्खु र युवासंघले तीनकुनेमा प्रदर्शन गर्न पाउने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं समूहले गर्ने प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिदिएको छ । दुर्गा प्रसाईं समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तीनकुने क्षेत्र तोकिदिएको थियो ।

युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टाछुट्टै घोषणा गरेका थिए । तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने भन्दै वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ । प्रदर्शनलाई लक्षित गरी प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रमा एक महिनासम्म प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिदिएको छ ।

तपाईको प्रतिक्रिया