Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – घरेलु टोली नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा यमनसँग पराजित भएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो ।

यमनको जितमा खेलको ७२औँ मिनेटमा ओमार अब्दुल्ला दाहिले पहिलो गोल गरेका थिए भने खेलको ९०औं मिनेटमा मोहमद अबुल्लाह अल दाहिले दोस्रो गोल गरेका थिए । विश्वकप छनौटको समूह एचमा रहेको नेपालको यो दोस्रो हार हो । यसअघि नेपालले युएईसँग ४-० गोलको हार बेहोरेको थियो ।

समूह एचमा युएई, बहराइनले अ-आफ्नो पहिलो खेल जितेका छन् भने यमनले २ खेलमा पहिलो जित हासिल गरेको छ । त्यस्तै नेपालले भने दुवै खेलमा हार बेहोरेको छ । अब विश्वकप छनौट अन्तर्गत नेपालले आगामी मार्च २१ मा बहराइनसंग खेल्ने तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया