Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सर्वोच्च अदालतले टिकटकमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सरकारले टिकटक प्रतिवन्ध लगाएपछि परेका १० वटा रिटको एकसाथ सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो ।

टिकटक प्रतिबन्धविरुद्ध परेका रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको थियो । हिजो सो मुद्दा न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो ।

गत कात्तिक २७ गते बसेको मन्त्रिरिषद् बैठकबाट सरकारले नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन् ।

तपाईको प्रतिक्रिया