Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको बिनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ । एक डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ३६ पैसा र बिक्री दर १४६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८७ पैसा र बिक्री दर १६६ रुपैयाँ ६२ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१७ रुपैयाँ र बिक्री दर ८७.५६ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ०० पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ ३० पैसा र बिक्री दर १० रूपैयाँ ३५ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ र बिक्री दर ३५.६४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६३ रुपैयाँमा कारोबार गरिनेछ ।

कुवेती दिनार १ को खरिद मूल्य ४३१.६७ पैसा र विक्रीदर ४३३.६२ पैसामा कारोबार हुनेछ ।

तपाईको प्रतिक्रिया