Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

काठमाडौं – बीबीसीले विश्वभरका १०० प्रभावशाली, प्रतिभाशाली र प्रेरक महिलाको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छन् । बीबीसीको यो सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन् ।

यो सूचीमा हलिउड अभिनेतृ अमेरिका फरेरा, अमेरिकाकी पूर्व फर्स्ट लेडी मिशेल ओबामा, पेरुकी पत्रका । कैरोलाइना डाइज, रुसी कवयित्री दारिया सेरेन्को, बलिउड अभिनेतृ दिया मिर्जालगायत छन् । रुक्साना नेवार जातीय समूहकी सदस्य तथा ट्रान्सजेन्डर मानव अधिकार कार्यकर्ता हुन् । आफ्नो लैंगिक पहिचानबारे थाहा नपाएकी रुक्सानाले जेन्डर तथा सेक्सुआलिटीको विविधताका बारेमा आफैं अध्ययन गरिन् ।

किशोर उमेरदेखि नै उनले समलैंगिक अधिकारका बारेमा सोसल मिडियामा आवाज उठाउँदै आएकी छिन् । रुक्साना अहिले कानुन पढिरहेकी छन्। साथै उनी एलजीबीटीक्यू समुदायको कानुनी तथा संवैधानिक अधिकारका काममा पनि जोडिएकी छिन् । यस वर्ष जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामार्फत प्रभावशाली १०० महिला छानिएको पनि बीबीसीले उल्लेख गरेको छ ।

यस वर्षको सूचीमा जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा लागिरहेका २८ जना महिला पनि रहेका छन् । संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२८ सुरु हुनुअघि यो सूची सार्वजनिक हुनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समावेश गरेको थियो । सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सयभन्दा बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् ।

तपाईको प्रतिक्रिया