Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली प्रयोगकर्ताहरुले अत्यधिक रुचाईएको सामाजिक सन्जाल एप टिकटकलाई नेपाल सरकारले प्रतिबन्ध लगाएसँगै भीपीएन र डीएनएस परिवर्तनको सहयोगमा यो एप प्रयोग गर्ने गरेको पाईएको छ । आजको डिजिटल युगमा सरकारले कुनै वेभसाइट प्रतिबन्ध लगाउँदैमा पूर्णरुपमा बन्द गर्न कठिन हुन्छ। प्रतिबन्धलाई बाइपास गरी अर्को बिकल्प प्रयोगका अनेक उपायहरु भएको बताईन्छ।

सरकारले सामाजिक सद्भाव खलबल्याएको र अराजकता बढाएको भन्दै प्रतिबन्ध लगाए पनि प्रयोगकर्ताले ती उपाय अपनाएर टिकटक प्रयोग गरिरहेका छन्। यो संगै भीपीएनको प्रयोग र डीएनएस परिवर्तन गर्नु सुरक्षित हुन्छ कि हुँदैन भनी बहस पनि सुरु भएको छ। भीपीएन प्रयोग गर्दा मोबाइल बैंकिङको डाटा प्रयोगगरी रकम लुटिएको समेत प्रचार भैरहेको छ।
सरकारले प्रतिबन्ध लगाएका वेबसाइट प्रयोग गर्न विश्वभर नै भीपीएन प्रयोग हुँदै आएको छ। भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) माइक्रोसफ्ट कम्पनीले नै सबैभन्दा पहिला सार्वजनिक गरेको थियो। १९९६ मा भीपीएनको विकास भएको थियो।

भीपीएन प्रयोग गर्दा मोबाइल बैंकिङ एप वा वालेटमा सिधै प्रवेश गरी रकम लैजान सहज हुँदैन। बैंक तथा वालेट कम्पनीले नै सुरक्षाका उपाय अपनाएका हुन्छन्। तर निशुल्क भीपीएनलाई पूर्ण रुपमा विश्वासन गर्न नसकिने विज्ञहरुको भनाइ छ।

आईटी कन्सलट्यान्ट सन्तोष तन्डुकर भीपीएन प्रयोगकर्ताले सजगता अपनाउनुपर्ने बताउँछन्। ‘निशुल्क भीपीएन प्रयोग गर्न दिनेसँग केही न केही लोभ हुन्छ। त्यसैले सुरक्षित भीपीएन प्रयोग गर्नुपर्छ,’ तन्डुकार भन्छन्, ‘जुन पायो त्यो भीपीएन प्रयो गर्दा व्यक्तिगत डाटा असुरक्षित हुन सक्छ।’

भीपीएन निशुल्क पायो भन्दैमा जथाभावी प्रयोग गर्नु हुँदैन। सबै भीपीएन असुरक्षित भने हुँदैनन्। आईटी कम्पनीहरुले नै भीपीएन प्रयोगगरी काम गरिरहेका हुन्छन्। भीपीएन नै प्रयोग गर्नुपर्ने अवस्थामा पैसा तिरेर खरिद गरेको बढी सुरक्षित हुने उनको भनाइ छ।

‘भीपीएन प्रयोग गर्नु गलत नै भन्नु हुँदैन तर सुरक्षित छ कि छैन भन्ने ख्याल गर्नुपर्छ,’ उनले भने। भीपीएनसँगै डीएनएस परिवर्तन पनि बढेको देखिन्छ। कुन ट्राफिक कताबाट जाने भन्ने डीएनएसले तय गर्छ। इन्टरनेट सेवा प्रदायकको डीएनएसलाई छलेर अर्को बाटो हुँदै टिककट चलाउने गरिएको छ। यसलाई भीपीएनको विकल्पको रुपमा हेरिएको छ।

‘सुरक्षाको हिसाबले निशुल्क भीपीएन प्रयोग गर्नुभन्दा डीएनएस प्रयोग गर्नु उपयुक्त हुन्छ,’ तन्डुकार भन्छन्, ‘डीएनएस प्रयोग गर्दा थर्ड पार्टीको सर्भर हुँदै जानुपर्दैन। भीपीएन प्रयोग गर्नुपर्ने अवस्थामा पनि कम प्रयोग गरेकै राम्रो।’ भीपीएन प्रयोग गर्दा इन्टरनेट सेवा प्रदायकको ब्यान्डविथ डाटाको खपत सामान्य अवस्थाको तुलनामा कम हुन्छ। इन्टरनेट स्पिड समेत कम हुन्छ। सौजन्य- नेपालखबर

तपाईको प्रतिक्रिया