Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कलाकार प्रकाश ढकाल धादिङको बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा मृत फेला परेका छन् ।

ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको उनको भनाई छ ।

स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ घर भएका ढकाल काठमाडौं बस्ने गर्दथे । गत शुक्रबार उनी स्याङ्जाबाट काठमाडौंतर्फ आएका थिए । त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोचबाट शव सोमबार बाहिर निकालिएको थियो।

ढकालको शवलाई सनाखत गरिएको छ । उनका परिवारका सदस्यहरू पनि आइसकेको उपरीक्षक मिश्रले बताए । उनले घटना कसरी घट्यो भन्नेबारे अनुसन्धान भइरहेको बताए । साथै ढकालको साथमा मोबाइल भेटिएको र उनको निधारमा चोट देखिएको पनि बताए ।

तपाईको प्रतिक्रिया