शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023

काठमाडौं – कतारबाट काठमाडाैँ आएकी भारतीय महिला २ किलो कोकिनसहित सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । केहीसमय अघि कतारबाट नेपाल आएर भुटान जान लागेकी भारतीय महिलालाई लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको हो ।

भारतकी ३२ वर्षीया किम्रो साङ्गी झोला बेल्टमा छाडेर भुटान जाने तयारीमा थिइन् । उनी इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।‍ लागुऔषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार काठमाडौँ ट्रान्जिट बनाएर भुटान उड्न लाग्दा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट एक किलो ९७३ ग्राम लागुऔषध कोकिन बरामद भएको छ । उनलाई अहिले लागुऔषध निण्न्त्रण ब्युरोले लगेर थप अनुसन्धान अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया