Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरूलाई रोक लगाएको हो ।

दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने र छलफलमा आए छुट्टा छुट्टै स्थान तोकिने जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले बताए । आचार्यले भने, ‘सो क्षेत्र नजिकै अदालतहरू, अस्पतालहरू रहेका छन् । बिरामी बोकेका एम्बुलेन्स ओहोरदोहोर गरिरहने स्थान हो । यसलाई प्रभावित हुनेगरी त्यो क्षेत्रमा कसैलाई पनि कार्यक्रम गर्न दिँदैनौँ । यदि कानुन विपरीतका काम भए कारबाही हुन्छ ।’

प्रसाईँ र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै कडाइ गर्न लागेको हो । पछिल्लो समय उनीहरु एकअर्कालाई खुलमखुला अवरोध गर्दै आएका छन् । जबरजस्ती कार्यक्रम गर्न खोजे कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया