Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलरको भाउ खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा रहेको छ ।

हिजोको तुलनामा आज युरो र पाउण्डको खरिद र बिक्रीदर बढेर आएको छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६३ पैसा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विस्तृतमा हेर्नुहोस् :

 

तपाईको प्रतिक्रिया