Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गएको असोज २० गते इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई हमास समूहले बन्धक बनाएर लगेको इजरायली सेनाले फेरि पुष्टि गरेको छ । इजरायलमा रहेको नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा हमास समूहले इजरायलमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा जोशी पनि रहेका इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको उल्लेख छ ।

तर पनि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र खोजी गर्ने काम भइरहेको दूतावासले जनाएको छ । जोशीको सकुशल उद्धारको माग गर्दै केही दिनअघि उहाँका आमाबुबाले परराष्ट्र मन्त्री एनपी साउदसँग भेटी सकेका छन् । परराष्ट्रमन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकाय अथक प्रयासमा रहेको आश्वासन दिनु भएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशीसहित ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिन भने हमासको कब्जा रहेको भनिएको छ ।

 

तपाईको प्रतिक्रिया