Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024

काठमाडौं – उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वको आज बिहान समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइएको थियो ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहना पोखरी, नाग पोखरी, शङ्खमुल, कुपण्डोल, बोजे पोखरी, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदी किनार लगायतका स्थानहरूमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ। छठमा विशेषगरी सूर्य र छठी माताको पूजाआराधना गर्ने परम्परा छ। विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख-समृद्धि प्राप्त हुने र छालाका रोग नाश हुने विश्वास गरिन्छ।

तपाईको प्रतिक्रिया