Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्यालेस्टाइनको गाजा शहरको अल-शिफा अस्पताललाई ‘डेथ जोन’ (मृत्यु क्षेत्र) घोषणा गरेको छ । अस्पतालको भ्रमणपछि डब्लूएचओले त्यस्तो घोषणा गरेको हो ।

इजरायली सेनाले अस्पताल कब्जा गरी त्यहाँबाट मानिस हटाएपछि डब्लूएचओको नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघको संयुक्त समूहले निरीक्षण गरेको छ । अस्पतालका निर्देशकका अनुसार इजरायली सेनाको आदेशमा अस्पतालमा रहेका मानिसलाई बाहिर पठाइएको छ । इजरायली सेनाले भने अस्पतालका निर्देशकको अनुरोधमा त्यसो गरिएको दाबी गरेको छ ।

डब्लूएचओ र राष्ट्रसंघको टोलीले आफूहरूले अस्पतालभित्र गोलाबारीको निशान र ठूलो समूहमा मृतकहरू देखेको बताएको छ । अस्पतालमा अहिले पनि ३०० जना गम्भीर प्रकृतिका बिरामी रहेको जनाइएको छ । डब्लूएचओले त्यहाँ बाँकी रहेका बिरामी र कर्मचारीलाई तुरुन्त बाहिरिने प्रबन्ध मिलाउन प्रयास गरिरहेको छ । यससँगै युद्धविरामका लागि पुनः अनुरोध गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले वाशिङटन पोस्टमा प्रकाशित समाचारबारे प्रतिक्रिया दिएको छ । समाचारमा इजरायल र हमास अमेरिकाको मध्यस्थतामा समझदारी निकट पुगेको, पाँच दिनका लागि युद्धविराम गरेर हमासले कब्जा गरेका महिला र बालबालिकालाई मुक्त गर्न तयार भएको उल्लेख गरिएको थियो । ह्वाइट हाउसका प्रवक्ताले त्यस्तो कुनै समझदारी नभएको तर त्यसका लागि प्रयास भइरहेको जनाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग पूर्ण युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । हमासले कब्जा गरेका सर्वसाधारणालाई फिर्ता गर्ने शर्तमा अल्पकालीन युद्धविरामबारे सोच्न सकिने उनले जनाएका छन् । मंसीर २ मा मात्रै केही बिरामी सहित सयौं मानिसले अल-शिफा अस्पताल त्यागेका छन् । केही स्वास्थ्यकर्मीले आफूहरूलाई अस्पताल छोड्न भनिएको बताएका छन् तर इजरायलले त्यस्तो कुनै आदेश नदिएको दाबी गरेको छ ।

अल-शिफा अस्पतालमा रहेका एक पत्रकारका अनुसार हिंडडुल गर्न नसक्ने बिरामी र साह्रै थोरै संख्यामा डाक्टरहरू मात्रै अस्पतालमा बाँकी छन् । अरब न्यूजमा प्रकाशित समाचार अनुसार गाजाको स्वास्थ्य मन्त्रालयले अल-शिफा अस्पतालमा अवधि नपुगी जन्मिएका कम्तीमा ३० जना शिशुलाई पनि त्यहाँबाट निकालेर इजिप्टका अस्पतालमा पठाइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता मेधत अब्बासले मंसीर ३ मा उनीहरूलाई अस्पतालबाट पठाइएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया