Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जारी आइसीसी क्रिकेट विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा अलआउट हुँदै २४० रन बनाएको हो ।

भारतका लागि केएल राहुलले सर्वाधिक ६६ रन बनाए भने विराट कोहलीले ५४ रन बनाएका थिए । कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ रन बनाएका थिए । त्यस्तै शुभमन गिल र श्रेयस अय्यरले ४-४ रन बनाएका थिए भने रविन्द्र जडेजाले ९, मोहमद शामीले ६, जसप्रित बुमराहले १, कुलदीप यादवले १० र मोहमद सिराजले अविजित ९ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर मिचेल स्टार्कले ३ विकेट लिए भने जोश हजेलवूड र पाट कमिन्सले २-२ विकेट लिएका थिए । त्यस्तै ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया