Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रुपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई ट्रान्पोटेसनको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए । उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नु भन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए । उनले केबुलकारहरूले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न र विद्युत खपत बढाउने काम गरेको बताए । नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको संख्या अझै बढ्नुपर्ने उनको भनाई छ ।

त्यस्तै लुम्बिनी केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थले दसैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताए । उनले आफूहरूले अपेक्षा गरेअनुसारै पर्यटकहरू आएकोमा खुसी व्यक्त गरे । उनले भने ‘यात्रुहरूको भीड छ । दसैँ तिहारको अफर र छुट्टीको समयमा अपेक्षा गरेअनुसार नै यात्रुहरू आउनुभएको छ ।’

तपाईको प्रतिक्रिया