Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – युइएफए युरोकप छनौट अन्तर्गत फ्रान्सले जिब्राल्टरविरुद्ध १४ गोल गरेको छ । समूह बि अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० गोल अन्तरले पराजित गरेको हो ।

जिब्राल्टरविरुद्ध फ्रान्सका ९ खेलाडीले गोल गरेका थिए । जसमा फ्रान्सका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए भने ओलिभर जिराउड र किंग्सले कोम्यानले २-२ गोल गरेका थिए । त्यस्तै मार्कस थुराम, वारेन जैरे एमेरी, जोनाथन क्लाउस, योउसोउफ फोफना, एड्रीयन राबिओट र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए ।

जिब्राल्टरका इथान सान्तोसले एक गोल आत्मघाती गोल गरेका थिए । यस खेलमा जिब्रालटारका इथान सान्तोसले खेलको १८औं मिनेटमा रातो कार्ड पाएका थिए । यो फ्रान्सको अहिलेसम्म सबैभन्दा ठुलो जित हो भने युरोकप छनौटको इतिहासमा पनि यो अहिलेसम्मको सबैभन्दा ठुलो जित हो ।

यो जितपछि फ्रान्स समूह बि मा अपराजित रहँदै ७ खेलमा २१ अंक हासिल गरेको छ । फ्रान्स यसअघि नै युरो कप २०२४ मा छनौट भइसकेको छ । जिब्राल्टरले भने समूह बिमा खेलेका सातै खेलमा हार बेहोरेको छ ।

तपाईको प्रतिक्रिया