Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल बिस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढेर गएको बताएका छन् ।

विराटनगरमा शनिवार पत्रकार एवं साहित्यकार शङ्कर खरेलद्वारा लिखित ‘तृप्यन्ताम’ लघुकथासंग्रहको विमोचन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाहरूको विदेश पलायन नरोके नेपालमा ज्येष्ठ नागरिकहरूमात्रै रहने प्रस्ट पारे । ‘युवाहरूको बढ्दो विदेश पलायनले कतै नेपाल बढौलीहरूको देश त हुँदैन भनेर मलाई चिन्ता लाग्न थालेको छ,’ कोइरालाले भने, ‘राजनैतिक दलहरू देश र जनताप्रति जिम्मेवार नभए अवस्था जटिल हुँदै गएको छ । स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूको पलायन रोक्नुपर्छ ।’

जनतामा अहिले चरम निराशा देखिएको उनको भनाइ थियो । त्यही निराशाको परिणामस्वरूप युवाहरू विदेश पलायन भएको नेता कोइरालाले बताए । ‘अलि हुनेखानेहरू अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा र युरोपतिर जान्छन्, उतै घरजम गरेर बस्छन् । आर्थिक रुपमा कमजोर र धेरै अध्ययन पनि नगरेका तर पाखुरीमा बल हुनेहरू खाडी जान्छन्,’ कोइरालाले थपे, ‘एकथरि युवा उतै सेटल भएर बस्छन्, अर्कोथरि युवा पाखुरीमा बल सकिएपछि र उमेर ढल्किएपछि फर्किन्छन् । यस्तो अवस्थाले देश उँभो लाग्दैन ।’

उर्वर जमिनहरू बाँझो हुँदै गएकोमा कोइरालाले चिन्ता व्यक्त गरे । कोइरालाले रेमिटेन्स मुलुकको आर्थिक विकासको दीर्घकालीन र भरपर्दो स्रोत नभएको जिकिर गरे । कोभिड-१९, रुस-युक्रेन युद्ध र इजरायल-हमासबीचको युद्धले रेमिटेन्स देश विकासको भरपर्दो र दीर्घकालीन आर्थिक स्रोत होइन भन्ने पुष्टि भएको उनको कथन थियो । कोइरालाले मुलुकको शिक्षा नीतिमा आमूल परिवर्तन जरुरी रहेको बताए ।

तपाईको प्रतिक्रिया