Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई पराजित गरेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा अलआउट हुँदै ४६ रन मात्र बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो ।

जापानलाई कम रनमा समेट्न नेपाली बलर संगीता राईले ५ विकट लिएकी थिइन् । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।

सिरिजमा दुई खेलमा हार र एक खेलमा जितसहित नेपाल र तीन खेलमा हार बेहोरेको जापान फाइनलको दौडबाट बाहिरिइसकेका छन् । नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो ।

आजै आयोजक हङकङ र तान्जानियाबीच पनि खेल हुँदैछ । दुवै फाइनलमा पुगिसकेकाले आजका खेलको नतिजाले कुनै असर भने गर्ने छैन । अब आइतबार तेस्रो स्थानका लागि नेपाल र जापानबीच हुनेछ भने फाइनल खेल पनि आइतबार हङकङ र तान्जानियाबीच हुनेछ ।

तपाईको प्रतिक्रिया