Deneme Bonusu Veren Siteler
शुक्रबार, आषाढ २८, २०८१
Friday, July 12, 2024

काठमाडौं – गाजामा इजरायलकी एक १९ वर्षीया महिला सैनिकको शव भेटिएको छ । जसलाई हमासले अक्टोबर ७ को आक्रमणपछि इजरायलबाट अपहरण गरेको थियो ।

गाजामा रहेको अल-शिफा अस्पतालनजिकै नोआ मार्सियानो नाम गरेकी ती महिला सैनिकको शव भेटिएको इजरायली सेनाले जनाएको छ । यसअघि इजरायली सेनाले बन्दी बनाइएकी अर्की एक ६५ वर्षीया महिलाको शव पनि अस्पताल नजिकै भेटिएको जनाएको थियो ।

हमासले हतियार भण्डारण तथा टनेल बनाउन विद्यालय र अस्पतालसहितका सार्वजनिक भवनलाई प्रयोग गरेको इजरायलको आरोप छ । इजरायली सेनाले आरोप प्रमाणित हुने प्रकारका विभिन्न दृश्यहरू सार्वजनिक पनि गरिरहेको छ ।

तपाईको प्रतिक्रिया