Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बाँके प्रहरीले युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ । एक युवकमाथि खुकुरी प्रहार गरी फरार रहेका कोहलपुरका ३० वर्षीय आकाश रानालाई गोली हानेर नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमेश जोशीले जानकारी दिए ।

उनको खुट्टामा गोली लागेको छ । राना आपराधिक पृष्ठभूमिका व्यक्ति भएको प्रहरीले जनाएको छ । रानाविरुद्ध बालिकामाथि बलात्कार उद्योग गरेको आरोपमा उजुरी परेको छ भने यसअघि उनी ब्राउन सुगर तस्करी मुद्दामा दोषी ठहर भई सजाय भोगिसकेका व्यक्ति हुन् ।

दुई दिनअघि रानाले बाँकेका मीनबहादुर विकमाथि खुकुरी प्रहार गरेका थिए । भारतको लखनउमा उनको उपचार भइरहेको छ । खुकुरी प्रहारपछि फरार रानाको खोजीमा खटिएको प्रहरी टोली देखेपश्चात् उनी भाग्ने कोशिसमा थिए । त्यसपछि उनलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया