आइतबार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

काठमाडौं – अफ्रिकी देश मालीमा राष्ट्रसंघ अन्र्तगत शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिक फिर्ता भएका छन् । मालीमा शान्ति मिसन बन्द गर्ने निर्णय भएपछि नेपाली सैनिक पनि फर्किएका हुन् ।

प्रमुख सेनानी चित्रबहादुर कार्की नेतृत्वको टोली राष्ट्रसंघको चार्टड विमानबाट बिहीबार फर्किएको नेपाली सेनाले जनाएको छ । मालीमा कन्टिन्जेन्टमा एक सय ५६ तथा पर्यवेक्षक तथा स्टाफ अफिसरमा १२ जना कार्यरत थिए । जसमध्ये पहिलो चरणमा ८१ जना फर्किएका छन् ।

सैनिक नेतृत्वको माली सरकार र राष्ट्रसंघबीच विवाद बढेपछि त्यहाँ राष्ट्रसंघीय मिसन बन्द हुन लागेको हो ।

तपाईको प्रतिक्रिया