Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानी अल-वुमन थिएटर कम्पनीले एक अभिनेत्रीको मृत्युको लागि जिम्मेवार महसुस गर्दै, शंकास्पद आत्महत्या कथित रूपमा अत्यधिक कामका कारण भएको स्वीकार गरेको छ ।

ताकाराजुका रिभुका कार्यकारीहरूले ‘जीवनको क्षति’ को लागि माफी मागे तर २५ वर्षीया अभिनेत्रीको परिवारको लागि भने कुनै क्षतिपूर्ति प्याकेज घोषणा गरेनन् । ताकाराजुका रिभुका अध्यक्ष केन्सी कोबाले पनि आफूले राजीनामा दिएको बताएका छन् । जापानको सबैभन्दा लोकप्रिय कम्पनीमा सामेल हुन, त्यहाँ कडा प्रतिस्पर्धा छ ।

सन् १९१३ मा गठन गरिएको यो कम्पनी जापानमा रोमान्टिक संगीतका लागि प्रख्यात छ । ‘यो निर्विवाद छ कि [महिला] मा एक बलियो मनोवैज्ञानिक बोझ राखिएको थियो, र हामीले उनको सुरक्षाको हेरचाह गर्ने हाम्रो कर्तव्य पर्याप्त रूपमा पूरा गरेनौं,’ कोबाले भने । आफन्तहरूलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंको परिवारको बहुमूल्य सदस्यलाई बचाउन नसकेकोमा हामी गहिरोरुपमा चिन्तित छौं र माफी चाहन्छौं ।’क्षतिपूर्तिको लागि परिवारको अनुरोधको सन्दर्भमा कोबाले भने, ‘म यो सुनिश्चित गर्न चाहन्छु कि हामी माफी माग्न चाहन्छौं र क्षतिपूर्ति दिन्छौं । दुर्भाग्यवश, हामीले अहिलेसम्म अवसर पाएका छैनौं ।’ अध्यक्ष र दुई अन्य कार्यकारीहरूले भविष्यमा यस्तै केही नहोस् भनेर नयाँ उपायहरू गर्ने वाचा गरे । यसले साप्ताहिक प्रदर्शनको संख्या नौ बाट घटाएर आठ बनाउने योजना बनाएको छ ।

तर उनीहरूले सांगीतिक समूहमा युवा कलाकारहरूको सङ्घर्षबारे आफूहरूलाई जानकारी नभएको बताए । एक विज्ञप्तिमा, उनीहरूले कुनै गुनासो प्राप्त गरेका थिएनन् र कुनै कर्मचारी अभावको बारेमा थाहा थिएन ।

६ वर्षदेखि कम्पनीमा रहेकी अभिनेत्रीको नाम भने खुलाइएको छैन । उनी सेप्टेम्बर ३० मा ताकाराजुकामा रहेको उनको कन्डोमिनियममा मृत फेला परेकी थिइन्।  उनको आत्महत्याका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया