Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो ।

युएईको घरेलु मैदानमा हुने खेल राति साढे ९ बजे सुरु हुनेछ । फिफा वरियतामा युएई ६९ र नेपाल १ सय ७३ औँ स्थानमा छ । युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोली आजको खेलमा उत्कृष्ट सुरुवात गर्न चाहन्छ । विश्वकप छनोटको दोस्रो चरण पार गर्ने नेपालको लक्ष्य हुनेछ ।

नेपाल र युएईबीच अहिलेसम्म केवल एक खेल भएको छ । त्यो पनि सन् १९८४ मा भएको थियो । यी दुवै देशबीच ३९ वर्षपछि खेल हुन लागेको हो । १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११-० गोलले पराजित भएको थियो ।

यस खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले घाइते रहेका डिफेन्डर अनन्त तामाङ टिम बाहिर राखेर टोली घोषणा गरेका छन् । विश्वकप छनौटमा नेपाल समूह एच’मा रहेको छ । जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन् ।

नेपाली टिम: 
गोलकिपर: किरण चेम्जोङ (कप्तान), दीप कार्की र अभिषेक बराल ।
डिफेन्डर: सनिस श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ ।
मिडफिल्डर: लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे र निशान हमाल ।
फरवार्ड: अञ्जन विष्ट, आयुश घलान, जिलेस्पी जंग कार्की, हिसब थपलिया, सञ्जिव विष्ट र राजेश परियार ।

तपाईको प्रतिक्रिया