Deneme Bonusu Veren Siteler
बुधबार, साउन ०९, २०८१
Wednesday, July 24, 2024

काठमाडौं – आज तिहारको अन्तिम दिन भाइटिका लगाएर मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार गत शनिबारदेखि सुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो ।

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलिमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक २९ गते आज भाइटीका लगाउने शुभसाइत निकालेको छ । आज बिहान १०: ५१  बजे भाइटीकाको उत्तम साइत रहेको समितिले जानकारी दिएको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा  कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

कुन देशमा कति बेला शुभसाइत ?

तपाईको प्रतिक्रिया