Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गैरआवासीय नेपाली संघ(एनआरएनए)ले अनलाइनबाट सपथ दिलाउने काम नगर्न आग्रह गरेको छ । अध्यक्ष आरके शर्मा तथा महासचिव बुद्धि सागर सुवेदीले अर्को पक्षले संघका नवनिर्वाचित आईसीसी सदस्यहरूलाई अनलाइनबाट सपथ गराएपछि त्यसो नगर्न भनेका हुन् ।

विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष शर्मा तथा महासचिव सुवेदीले एनआरएनएको ११औं महाधिवेशनका क्रममा निर्वाचन प्रक्रिया त्रुटीपूर्ण रहेको पूर्व अध्यक्ष बद्री केसी लगायतले स्वीकारेको र परराष्ट्र मन्त्रालय पनि यसबारे अवगत रहेको बताएका छन् । उक्त तथ्यलाई नदेखे झैँ गरी सपथ गराउन लागिएको भन्ने विवरणहरूप्रति आफ्नो ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् ।

‘गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधन सहित)को दफा १७.५.७ मा ‘हरेक राष्ट्रिय समन्वय परिषदबाट नव निर्वाचित आईसीसी सदस्यहरूको सपथ ग्रहण नेपालमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का नव निर्वाचित पदाधिकारीहरूसँगै हुनेछ’ भन्ने उल्लेख छ । सोही विधानको दफा २१.७ मा ‘अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया शुरु भएपछि अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्वाचनमा प्रभाव पार्ने गरी कुनै नियमावलीहरू परिवर्तन वा परिमार्जन गर्न पाइने छैन’ भन्ने उल्लेख छ । यसरी संघको विधानको उल्लङ्घन गरी गराउने भनिएको कथित सपथ अवैध हुने स्वतस् स्पष्ट छ । त्यसैले कुनै पनि भ्रममा नपर्न र कथित सपथ दिलाउने काम नगर्न, नगराउन पनि हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया