Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाई आक्रमणको सिकार भएको र त्यहाँ शरण लिइरहेका प्यालेस्टिनी शरणार्थीहरू मारिएको जानकारी दिएको छ ।

शनिवार वेबसाइटमा प्रकाशित विज्ञप्तिअनुसार राष्ट्रसंघ एजेन्सीले आक्रमणबाट आफ्नो परिसरमा शरण खोजिरहेका मानिसहरूको मृत्यु भएको जनाएको छ । साथै घाइतेहरूप्रति गहिरो चिन्ता समेत व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिक पूर्वाधारको रक्षा गर्न र संयुक्त राष्ट्रसंघबाट दिइएको मानवीय सहयोगलाई सुरक्षित राख्नु पर्ने आवश्यकतालाई जोड दिइएको छ । यस घटनाबारे हालसम्म इजरायली पक्षबाट कुनै प्रतिक्रिया आएको छैन ।

तपाईको प्रतिक्रिया