Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दाङको घोराही उपमहानगरपालिका-७ हर्नियाका ३० वर्षीय सशस्त्र प्रहरी जवान जुगारु चौधरीको गोली लागेर ज्यान गएको छ ।

बिदामा घर आएको समयमा घरायसी प्रयोजनका लागि गाउँका स्थानीयसँगै स्थानीय जनसेवा सामुदायिक वनमा मालुको पात टिप्न गएका चौधरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । गोली चलाएको आरोप प्रहरीले गए राति एक जनालाई बन्दुकसहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेड क्वार्टर तौलीहवा कपिलवस्तुमा दरबन्दी भई सोही गणमा कार्यरत चौधरी तीन दिन पहिले घर बिदामा आएका थिए । बिहीबार बिहान सात बजेतिर गाउँले आफन्त महिलासहित जंगलमा मालुका पात टिप्न गएका उनको वन्यजन्तुको चोरी शिकारी गर्ने व्यक्तिले हानेको गोली लागेर मृत्यु भएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

चौधरीको हत्या आरोपित घोराही-५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित प्रहरीले शनिबार बिहान १ बजेतिर नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिले घटना स्वीकारेको पनि ती प्रहरी अधिकारीले बताएका छन् । मालुको पात खाँदै गरेको जंगली जनावर गुणा ठानेर गोली हानेको तर गोली लागेपछि मान्छे खसेको देखेपछि आफू त्यहाँबाट बन्दुकसहित भागेको पक्राउ परेका व्यक्तिले बयान दिएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया