Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले गैरआवसीय नेपाली नागरिकता लिएका छन् । बेलायती नागरिक समेत बनेका पुर्जाले बिहीबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैरआवसीय नागरिकता लिएका हुन् ।

उनको जन्म जिल्ला म्याग्दी हो । विश्वका ८ हजार मिटर उचाइका १४ वटै हिमाल ६ महिना ६ दिनभित्र चढेर कीर्तिमान बनाएका पुर्जाले बिहीबार म्याग्दी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन् ।

‘यतिखेर मलाई निकै गौरवको अनुभूति भएको छ,’ नागरिकता प्राप्त गरेपछि पुर्जाले भने, ‘जहाँकसैले पनि तिमी को हौ भनेर सोध्दा म नेपाली भनेर आफ्नो परिचय दिन्छु । मेरो आफ्नो आमा जत्तिकै जन्मभूमिप्रति माया छ । मेरो रगतका कणकणमा नेपाल छ । आगामी दिनमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन अझै प्रयासरत रहन्छु ।’

म्याग्दीको दानामा जन्मेका पुर्जाले १६ वर्ष बेलायती गोर्खा सेना र युके स्पेसल फोर्समा सेवा गरेका छन् । पुर्जाले हिउँद याममा विश्वको दोस्रो ठूलो हिमाल केटु चढ्ने पहिलो नेपाली टोलीको सदस्यका रूपमा पनि कीर्तिमान बनाएका छन् । ‘निम्स दाइ’ उपनामले पनि चिनिने उनी नेपाल पर्यटन बोर्डका विश्व सद्भावना दूत समेत हुन् ।

तपाईको प्रतिक्रिया