Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कलाकार दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बेलुकी थापाथलीस्थित नर्भिक पुर्‍याइएकी उनलाई बिहीबार अस्पतालले मृत घोषणा गरेको हो ।

शरीरमा औषधीको मात्रा धेरै देखाइएको कारण देखाउँदै अस्पतालले मृत घोषणा गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जनाइन् ।

‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

अध्यक्ष मगरका अनुसार बीसीले प्रतिष्ठानको ८ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा चुनाव लडेकी थिइन् । कलाकार बीसीले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

तपाईको प्रतिक्रिया