Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीच सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा सचिव वाङ छुङछेङसहितको टोली सहभागी थियो । वाङ बुधबारदेखि नेपाल भ्रमणमा छन् । यसअघि गत असोजमा चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ र सचिव वाङबीच ल्हासामा भेटवार्ता भएको थियो । त्यही बेला प्रधानमन्त्री ‘प्रचण्ड’ले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

 

तपाईको प्रतिक्रिया