Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – बानेश्वरकाे ग्लोबल कलेज इन्टरनेसनल (जीसीआई), बेष्ट विजनेस स्कुल अफ द इयर अवार्ड-२०२३ बाट सम्मानित भएको छ । जापानको टोकियोमा हालै सम्पन्न नेपाल एजुकेसन अवार्ड समाराेहमाझ जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कलेजलाई अवार्डसहित सम्मानित गरेका हुन् ।

कलेजका सहसंयोजक राजेन्द्रप्रसाद ओझाले अवार्ड ग्रहण गरे । अवार्ड ग्रहणपछि ओझाले पुरस्कारले सिंगो कलेज परिवार गौरन्वान्वित भएकाे भन्दै उपलब्धिका लागि शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र पूर्वविद्यार्थीकाे मेहनत मुख्य कारण रहेकाे बताए । उनले आगामी दिनमा जीसीआईलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्दै थप माथिल्लो स्तरमा लैजाने प्रयास जारी राख्ने बताए ।

प्राप्त पुरस्कारले कलेज परिवारलाई शैक्षिक उत्कृष्टताको दिशामा र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध हुनका लागि थप प्रेरित गरेको पनि ओझाले बताए । काठमाडौंको बानेश्वरमा रहेको ग्लोबल कलेज इन्टरनेसनलमा समेस्टर प्रणालीको माध्यमबाट अध्ययन, अध्यापन हुँदै आएको छ । कलेजले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको सम्बन्धनमा एमबीए, बीबीए, बीएचएम र बीटीटीएम जस्ता लोकप्रिय शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेकाे छ ।

युरोपियन युनियनमा आबद्ध इरास्मस प्लस कार्यक्रमको साझेदार सदस्यसमेत रहेकाे कलेजले इरास्मस कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमशीलता, पर्यटनलगायतका क्षेत्रमा अनुसन्धान एवम् क्षमता अभिवृद्धि र अभिमुखीकरण तालीमहरू प्रदान गरिरहेकाे छ । शैक्षिक उत्कृष्टता र विद्यार्थीको सर्वाङ्गीण विकासप्रति कलेको प्रतिबद्धताले नै बेस्ट विजनेस स्कुल अफ दि ईयर अवार्ड दिलाएको कलेजले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया