Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जापानका विदेशमन्त्री कामिकावा योकोले गत शुक्रबार पश्चिम नेपालका गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

विदेशमन्त्री कामिकावाले भूकम्पबाट धेरैको ज्यान गएको र ठूलो भौतिक क्षति भएको सुन्दा आफूलाई अत्यन्त दुःख लागेको उल्लेख गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।विदेशमन्त्री  कामिकावाले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै शोक सन्देश पठाएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जनाएका छन् ।

शोक सन्देशमा उनले जापान सरकार सदैव नेपाल सरकार र जनताका साथ रहेको र नेपालको स्थानीय आवश्यकताका आधारमा उचित सहयोग गर्न तत्पर रहेको बताएका छन् । विदेशमन्त्री कामिकावाले भूकम्प प्रभावित क्षेत्रको यथाशीघ्र पुनःनिर्माणको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया