Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भूकम्पपीडितहरूका लागि राहत सामग्री लिएर आएका चिनियाँ जनमुक्ति सेनाका दुईवटा कार्गो जहाज बेइजिङबाट आईपुगेको छ। आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा विमानस्थलमा आइपुगेको हो। चीनको छेङ्दुबाट आएका ती जहाज बिहान ९:३० र ९:४० मा अवतरण गरेका थिए ।​ यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राहत सामग्री ग्रहण गरेका छन्। चीन सरकारको तर्फबाट ६ सय टेन्ट र चार हजार ६ सय कम्बल पठाइएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। चीनको केन्द्र सरकारले पठाएको करिब ३० करोड नेपाली रुपैयाँ (१५ लाख आरएमी) बराबरका सामग्री बोकेर चिनियाँ सेनाको जहाज आइपुगेको हो। श्रेष्ठका अनुसार चीनबाट आज बिहान थप १० करोड रुैयाँबराबरको राहत सामग्री केरुङ–रसुवागढी नाकाबाट आइपुगेको छ। चीनले यसअघि पनि १० करोड रुपैयाँबराबरको राहत सामग्री पठाइसकेको छ।

तपाईको प्रतिक्रिया