Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ललितपुरको पाटन अस्पतालका चिकित्सकहरू आन्दोलित भएका छन् । पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सबै उपचार सेवा ठप्प पारेर आन्दोलन सुरु गरेका छन्। शनिबार गलत औषधिका कारण बिरामीको मृत्यु भएको आफन्तहरूले कुटपिट गरेको भन्दै उनीहरूले आकस्मिक बाहेकका सेवाहरू ठप्प गरेका हुन् । गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट एन्टिबायोटिक औषधि दिएको पाँच मिनेटमै मृत्यु भएपछि मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।

अस्पतालमा कार्यरत सम्पूर्ण चिकत्सक तथा स्वाथ्यकर्मीको तर्फबाट सोमबार जारी विज्ञप्तिमा कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएसम्म र दोषीलाई पकाउ गरेर कारबाही नभएसम्म आकस्मिक बाहेकका सबै उपचार सेवा बन्द गर्ने उल्लेख छ। चिकित्सक र स्वास्थ्यकर्मीले उपचारमा संलग्न डाक्टर र नर्सलाई कुटपिट, गालीगलौज, दुव्र्यवहार र ज्यान मार्ने धम्की दिँदै बन्धक बनाइ स्वास्थ्य सेवा प्रवाहमा दखल पुर्याएको र प्रशासनले दोषीलाई पक्राउ गरेर कारबाही नगरेको आरोप लगाएका छन्।

हेर्नुहोस् विज्ञप्ति :

तपाईको प्रतिक्रिया