Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ । सभापति शेरबहादुर देउवालगायत कांग्रेस नेताहरूले मंगलबार बिहान बालुवाटार पुगेर ५० लाखको चेक प्रधानमन्त्रीमार्फत् दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तरण गरेका हुन् । कांग्रेसले यस अघि नै भूकम्पपीडितका लागि ५० लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेपाली कांग्रेसले नगद सहयोग गरेको हो ।

तपाईको प्रतिक्रिया