Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ । जाजरकाेटकाे रामीडाँडा केन्द्रबिन्दु भइ गएकाे भूकम्पबाट प्रभावित अवस्था बुझ्न आज उहाँ जान लाग्नु भएको हो ।

उहाँ विमान साढे ९ बजे काठमाण्डौबाट विमानमार्फत सुर्खेत जाने र सुर्खेतबाट हेलिकप्टरमा जाजरकोट र रुकुम पश्चिम पुग्ने तयारी छ । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई भेटेर उनीहरुको अवस्था बुझ्ने उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, राहत वितरण कसरी भइरहेको छ भन्नेबारे पनि उहाँले जनप्रतिनिधिहरुसँग छलफल गर्नुहुनेछ । गएको शुक्रवार राति गएको भूकम्पले जनधनको क्षति गरेपछि राष्ट्रपति पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया