Deneme Bonusu Veren Siteler
शुक्रबार, आषाढ २८, २०८१
Friday, July 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेप्से परिसूचक ५२ हप्ता यताकै न्यून बिन्दु पुगेपछि फर्किएको छ। नेप्सेले यसअघि जेठ १ गते १८१८ को न्यूनतम बिन्दु बनाएको थियो। आइतबार बजार बन्द हुँदा नेप्से १८१७ सम्म पुगेको हो। सोमबार भने बजार दोहोरो अंकले बढेको छ। आज बजार २१.३० अङ्कले बढेको हो ।

अघिल्लो साता देखि नै निरन्तर घटेको बजार आज भने २१.३० अङ्कले बढेर नेप्से परिसूचक १८४७.५४ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार भने सामान्य गिरावट आएको छ ।

आज सर्वाधिक कमाउनेतर्फ हाथवे इन्भेस्टमेन्ट र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहे । उक्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । आज ९ कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये लक्ष्मी लघुवित्त, विन लघुवित्त र एनआइसी लघुवित्त रहे । ती कम्पनीको मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।

आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.७३ प्रतिशतले बढ्दा ट्रेडिङ उपसूचक २.७४ प्रतिशतले, ननलाइफ उपसूचक २.३६ प्रतिशतले बढ्यो । आज सबै सूचकमा हरियाली छाउँदा माइक्रोफाइनान्स उपसूचक सबैभन्दा कम ०.२६ प्रतिशतले बढ्यो ।

 

तपाईको प्रतिक्रिया