Deneme Bonusu Veren Siteler
शुक्रबार, आषाढ २८, २०८१
Friday, July 12, 2024

काठमाडौं – लोकवार्ता परिषद् नेपालले म्याग्दी, पर्वत र बागलुङमा १२ औँ लोकवार्ता सङ्गोष्ठी आयोजना गरिएको छ । नेपाली जनजीवनमा प्रचलित संस्कृति, लोककला, साहित्य, संस्कार, रीतिथिति तथा परम्परागत ज्ञानको अध्ययन र संरक्षण गर्ने उद्देश्यले गोष्ठी आयोजना गर्न लागिएको हो ।

लोकवार्ता सङ्गोष्ठी म्याग्दीको तीन स्थानीय तहमा हुने संयोजक प्रतिभा पुनले बताइन् । उनकाअनुसार मौलिकता बोक्ने सांस्कृतिहरुलाई उत्थानमा सक्रिय रहेको लोकवार्ताको सङ्गोष्ठी ७ प्रदेशका प्राज्ञिक व्यक्तित्वहरूको उपस्थितिमा म्याग्दीको मालिका गाउँपालिका-७ बिम, अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडा र म्याग्दी बहुमुखी क्याम्पसमा हुनेछ ।

लोकवार्ता सङ्गोष्ठी गोठी कात्तिक २२ गते बिम, कात्तिक २३ गते काफलडाँडा र कात्तिक २४ गते म्याग्दी बहुमुखी क्याम्पसमा संयोजक
पुनले बताइन् । उनले भनिन्, ‘३८ वटा कार्यपत्र प्रस्तुत हुन्छ, म्याग्दीलाई चिनाउने विभिन्न क्षेत्रका ब्यक्तिलाई सम्मान समेत हुन्छ ।’

उनका अनुसार कार्यक्रमस्थलमा रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको अध्ययन समेत गरिने छ । म्याग्दीका स्थानीय तहको
आर्थिक सहयोग रहेको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईज्यूको प्रमुख आतिथ्यता रहनेछ । लोकवार्ता परिषद नेपालले सांस्कृतिक महत्व झल्काउने झाँकीहरु, थाली नाच, पुख्यौली नाचका साथै स्थानीय कला र संस्कृतिको प्रदर्शनपछि औपचारिक कार्यक्रमहरु सुरू गर्ने जनाइएको छ ।

लोकवार्ताबारे खोज अनुसन्धान, विचार विमर्श, गोष्ठी सम्मेलन तथा यसको अझ विस्तृत रुपमा हुने कार्यक्रमले जिल्लाको प्रचारप्रसारमा सघाउने मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । लोकवार्ता विशेष समितिले गरेको निर्णयानुसार प्राज्ञिक कार्यद्वारा म्याग्दी जिल्लालाई चिनाएबका इतिहासकार कर्ण बहादुर बानियाँ, अमूर्त संस्कृति झाक्री परम्पराका संरक्षक थांडला झांक्रीका नामले परिचित यम बहादुर पुर्जा, यानीमायाँ लोकभाकाका संरक्षण तथा प्रवर्द्धनमा योगदान पुयाएक लालदेवी गर्बुजा,थाली नाचका संरक्षक तथा प्रवर्द्धनमा योगदान पुर्याएकी हिरामाया पुन र आफ्नो कला र गलाले म्याग्दीलाई चिनाउन योगदान दिएकी धन कुमारी थापालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यस्तै १८/१९ पर्वत सङ्गोष्ठी गरिएको छ भने २१ बागलुङमा सञ्चालन हुने सङ्गोष्ठी तयारी समिति बागलुङका संयोजक प्राडा दिनबहादुर थापाले जानकारी दिए । सङ्गोष्ठीले धवलागिरि क्षेत्रको सभ्यता र संस्कृतिको अध्ययन/अनुसन्धानमा विद्धान तथा खोजकर्तालाई प्रेरित गर्ने विश्वास आयोजकले लिएको छ । विभिन्न जातजातिको संस्कृति, जीवनशैली, धार्मिकस्थल, प्राकृतिक सम्पदा, कला, साहित्य आदिको उत्थान र संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्ने थापाको भनाई छ ।

तपाईको प्रतिक्रिया