Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु भएका १४७ जनाको दाहसंस्कार गरिएको छ। भूकम्पमा मृत्यु भएका जाजरकोट जिल्लाका ९५ जना र रुकुमपश्चिमका ५२ गरी जम्मा १४७ जनाको अन्तिम संस्कार गरिएको हो। प्रहरीका अनुसार शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाएका जाजरकोटका १०१ जना र रुकुमपश्चिमका ५२ गरी जम्मा १५३ जना जनाले ज्यान गुमाएका थिए।

जिल्ला प्रहरी कार्यालय रुकम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज भट्टाईले रुकुमपश्चिका ५२ जना मृतकको आइतबार नै अन्तिम संस्कार गरिसकिएको जानकारी दिए। यस्तै, यसअघि जाजरकोटका तीन पालिकामा गरी १०५ जनाको मृत्यु भएको भनिए पनि मृतकको संख्या दोहोरो परेको प्रहरीले जनाएको छ।

मृतक चार जनाको नामावली दोहोरो परेको पाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार ६ जनाको शव आफन्तले अझै बुझेका छैनन्।

 

तपाईको प्रतिक्रिया